arrow

बझाङमा हवाई उडान तालिका छिट्टै सार्बजनिक गरिने  

logo
भेषराज बिष्ट,
प्रकाशित २०७७ असोज १८ आइतबार
Bajhang-airport.jpg

बझाङ। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी बझाङ र बैतडीमा रहेका हवाई मैदानहरुको निरिक्षण गर्न आएका संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले बझाङका लागी नियमित उडान तालिका छिट्टै दिने बताएका छन् । तिनै जिल्लाका हवाई मैदानको स्तरोन्नती भएर कालोपत्रे भई सकेपछि परिक्षण उडान लिएर सुमित एयरको जहाजमा शनिबार बझाङ आएका मन्त्री भट्टराईले बझाङबासीलाई बिश्वास दिलाउदै नियमित उडानका लागी छिटै तालीका सार्वजनिक गर्ने प्रतिवद्धता जनाए।

परिक्षण उडानको क्रममा मन्त्री भट्टराई लगायत मन्त्रालयका सचिब र नागरिक उड्यन प्राधिकरणका प्रमुख सहितको टोली जिल्ला आएको अबसर पारि देबल हवाई मैदानमा जिल्लाबासीका तर्फबाट एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले बझाङ जिल्लाको हवाई मैदानको रन वे पनि लामो भएको र हवाई मैदान पनि उपयुक्त स्थानमा भएकाले अब कुनै पनि जहाज अबतरण हुनका लागि समस्या नभएको समेत बताए। उनले बिगत ६ बर्ष अगाडी आफु बझाङ आएका बेला बाटोमा हिउँ परेर हतारमा फिर्ता हुनु परेको स्मरण गर्दै बझाङका लागी धनगडी बझाङ र नेपालगञ्ज बझाङ उडान भर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा जिल्लाबासीका तर्फबाट यहाँको हवाई जहाजको नियमित आवश्यकताका साथै अन्य पर्यटकिय स्थलहरुको जानकारी दिँदै यस्ता स्थलहरुको सरकारले प्राथमिकता दिनुपर्ने भन्दै नेकपा पार्टी अध्यक्ष मिनबहादुर कुवरले ज्ञापनपत्र समेत बुझाएका थिए। २०३२ सालदेखि नियमित उडान भएको देवल बिमानस्थलमा २०६६ सालबाट जिल्लामा सडक जोडिएसंगै नियमित उडान स्थगित गरिएको थियो। 

बिमानस्थल कालोपत्रे भई सकेपछि अब सरकारले बझाङका लागि नियमित उडान भर्न आवश्यक रहेको प्रतिनिधी सभा सदस्य भैरबबहादुर सिंहले बताए। उनले भने, बझाङबाट तिब्बत मानसरोबर पुग्न सबैभन्दा छोटो नाका भएकाले भारतको राजधानी दिल्ली देखिका तीर्थ यात्रीहरुलाई मानसरोबर जान सहज हुने हुँदा धनगडी बझाङ नियमित उडान हुनुपर्नेमा जोड दिए। बिगत दुई बर्षदेखि कालोपत्रे काम भईरहेको देबल बिमानस्थलको सबै काम सकिएको छ । कालोपत्रेका लागी झण्डै ५ करोड ५० लाखको लागत रहेको थियो । 



लोकप्रिय समाचार
नयाँ