काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या दिनानुदिन बढिरहे पनि शनिबार संक्रमित थपिने भन्दा कोरोनामुक्त हुने बढेका छन् ।
१० दिन निरन्तर कोरोनाका संक्रमित भन्दा मुक्त हुनेहरु बढिरहँदा बुधबार, बिहीबार र शुक्रबार निरन्तर संक्रमित बढे पनि शनिबार भने ६ हजार बढी मानिस संक्रमित भन्दा मुक्त भएका छन् ।
शनिबार ७५ हजार ४७९ जना संक्रमित थपिएका छन् । अहिलेसम्म भारतमा संक्रमितको संख्या ६५ लाख ४७ हजार ४१३ संक्रमित पुगेका छन् ।
शनिबार ८१ हजार ६५५ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार ७६ हजार ३३९ जना संक्रमणमुक्त भएका थिए । हालसम्म ५५ लाख ६ हजार ७३२ जना संक्रमणमुक्त भएका छन् ।
हाल ९ लाख ३७ हजार ९४२ जना सक्रिय संक्रमित रहेका छन् ।
मृतक १ लाख १ हजार ८१२ पुगेका छन् । शनिबार ९३७ जना थपिएका छन् ।
संक्रमित रोकिने लक्षण नभए पनि भारतमा चलचित्रका थिएटरसम्म खोल्ने योजनामा सरकार पुगिसकेको छ ।