arrow

कोरोना भाइरसः चितवनमा २४ जनाको मृत्यु 

logo
प्रकाशित २०७७ असोज १८ आइतबार
corona-killed-final.jpg

भरतपुर । चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । 

असोज  १६ गते कोरोना सङ्क्रमणसहित उनी भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए । उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । 

यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
नयाँ