काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयााँका दरले बढेको हो । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ रहेको थियो ।
महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । यसअघि शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको थियो ।
आइतबार चाँदीको मूल्य पनि बढेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य ५ रुपैयाँ प्रतितोलाका दरले बढ्दै ११ सय ८० रुपैयाँ पुगेकको छ । यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ रहेको थियो ।