डोटी । ब्रेन ट्युमर पीडित हेमराज ओझालाई प्रवासमा रहेका नेपालीहरुले एक अभियान सञ्चालन गरी नेपाली रु २ लाख ३० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
भारतको देहरादुन राज्यमा रहेको सिनर्जी अस्पतालमा पिडित परिवारलाई शनिबार भेटेर हेमराज ओझा बचाउ अभियानका अभियन्ता नारद साउद, प्रयागराज ओझा लगायतको टिमले रकम हस्तान्तरण गरेको अभियान्ता टंकेश्वर खड्काले बताए ।
सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष भुवन प्रसाद भट्ट, सुदुर पश्चिमेली नेपाली समाज भारतका प्रथम उपाध्यक्ष दिपक खड्का, महाराष्ट्र राज्य अध्यक्ष सुरज प्रकाश ओझा , महाराष्ट्र राज्य कोषाध्यक्ष पदम बाग, समाजसेवि नारद साउद, डम्बर खड्का , कोरियामा कार्यरत टंकेश्वर खड्का लगायतको सक्रियतामा उक्त रकम संकलन भएको हो ।
डोटी आदर्श गाउँपालिका वडा नं २ निवासी केशव राज ओझाका छोरा हेमराज ओझा लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित थिए ।
घरको आर्थिक अवस्था कमजोर भएता पनि यता उति बाट रिन जोहो गरेर उनको उपचारमा हालसम्म करिब ७ लाख खर्च भैसकेको उनका बुवा केशबराज ओझाले जानकारी दिए ।
उनको उपचार गर्न आवश्यक रकम परिवार सँग नभए पछि हामिलाई जानकारी आए लगत्तै अभियान सन्चालन गरि आर्थिक सहयोग संकलन गरेको अभियान्ता भुवन प्रसाद भट्टले बताए ।
२०७७ साउन १८ गते बाट सन्चालन गरेको हेमराज बचाउ अभियानमा कोभिड १९ को परिस्थितिमा पनि सम्पुर्ण मनकारी मनहरुलाई हेमराज ओझा बचाउ अभियानको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन समेत दिएको अभियन्ता दिपक खड्काले बताए ।
अभियन्ता नारद साउदका अनुसार १३ बर्षिय हेमराज ओझालाई ब्रेन ट्युमर भएको यो दोस्रो पटक हो । पहिलो पटकमा करिब ७ लाख रकम खर्च भएको अभियन्ता साउदले बताए ।
दोस्रो पटक उपचार गर्न पनि हाम्रो अभियानबाट संकलित यो रकम ले अझै अपुग हुने भएकाले थप मनकारी मनहरुलाई आर्थिक सहयोगको लागि अभियान्ता साउदले अपिल गरेका छन् ।