काठमाडौं। विदेशमा अलपत्र परेका भारतीय नागरिकहरुलाई स्वदेश फिर्ता ल्याउनका लागि भारतले गत मे ६ बाट शुरु गरेको बन्दे भारत मिसन अन्तर्गत अहिलेसम्म लाखौं नागरिकलाई स्वदेश भित्र्याएको छ। छैठौं चरणको सफलता पछि सातौं चरणमा आफ्ना नागरिकलाई स्वदेश ल्याउने तयारी भारतले गरेको छ।
मिसनको सातौं चरणका लागि १९ वटा देशबाट ८ सय २० उडान तय गरेर उद्धार भारतले अभियान शुरु गरेको छ । विभिन्न देशमा रहेका नागरिकहरुलाई सुरक्षित तरिकाले भारतमा आफ्नो घरसम्म पुर्याइदिन यो मिसनले काम गर्दै आएको छ । बिहीबारदेखि सातौं चरणको अपरेसन सुरु भएको छ ।
साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै भारतीय परराष्ट्रमन्त्री अनुराग श्रीवास्तवले सेप्टेम्बर ३० सम्ममा १६ लाख ४५ हजार मानिसहरुलाई मिसन अन्तर्गत भारत ल्याइसकिएको बताएका छन् ।
छैंटौं चरणमा विभिन्न २४ देशबाट ८ सय ९४ उडान गरिएका थिए । यस अन्तर्गत करिब १ लाख ७५ हजार मानिसहरुलाई भारत ल्याइएको थियो । सातौं चरणको मिसनमा करिब १ लाख ५० हजार मानिसहरुलाई फिर्ता ल्याउने अनुमान गरिएको छ । यसका लागि आवश्यक सबै कुराहरुको व्यवस्था परराष्ट्र मन्त्रालय गर्दै आएको छ ।