arrow

विशाल ग्रुपले आयात गर्ने वस्तु म्याद सकिएकाः सामानमा नयाँ मिति लेखेर उपभोक्तामाथि खेलवाड गर्ने थप एक जना पक्राउ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १८ आइतबार
bishal_bazar_anugaman._._._._._._._.jpg

काठमाडौं । विशाल ग्रुपले आयात गर्ने चकलेट, स्नुकर, ओरियो विस्कुट लगायतका म्याद सकिएका वस्तुमा नयाँ मिति लेखेर बिक्री वितरणका लागि बजारमा पठाउने थप एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीले म्याद नाघेका वस्तुमा नयाँ मिति राखेर बिक्री वितरण गर्न लगाउने थप एक जनालाई आइतबार पक्राउ गरेको हो ।

कालीमाटी गोदामबाट थप एक जनालाई पक्राउ गरिएको महानगरिय प्रहरी वृत्त कालीमाटीका डिएसपी अपिल बोहोराले जानकारी दिए । ‘मुचुल्का उठाउँदै छौं’ डिएसपी बोहोराले हाम्राकुरासँग भने, थप प्रक्रिया आदेश अनुसार अघि बढ्ने छ ।’ यसअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रहरीसँगको सहकार्यमा काठमाडौं कलंकीका एउटा र बाफलको २ गोदाम गरी ३ वटा गोदाममा सिलबन्दी गरेको थियो ।

ती गोदाममा बजारबाट म्यदा नाघेका वस्तु संकलन गरेर नयाँ मिति राखेर बिक्री वितरण गर्ने अवैध कार्य हुने गरेको भेटिएपछि गोदाममा सिल गरिएको र ९ जनालाई पक्राउ गरिएको थियो ।

प्रहरी र विभागको सहकार्यमा सिल गरिएका गोदाम विशाल ग्रुपका हुन् । ती गोदाममा पाइएका चकलेट, स्नुकर, ओरियो विस्कुट लगायतका वस्तु विशाल ग्रुपले नै आयात गर्दै आएको छ ।

यसअघि पक्राउ परेकका ९ जनाले आफुहरुले बजारबाट पुराना वस्तु आधा मूल्यमा खरिद गरेर ल्याएर नयाँ मिति उल्लेख गरी बिक्री वितरण गर्ने गरेको  स्वीकार गरिसकेका थिए । यसअघि बिहीबार पक्राउ परेकामध्ये केही धरौटीमा छुटिसकेका छन् ।



लोकप्रिय समाचार
नयाँ