arrow

दशैं तिहार अफरः होण्डा माेटरसाइकल एक रुपैयाँमै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १८ आइतबार
honda_offer._._._._._._._.JPG

काठमाडौं । नेपालमा होण्डा मोटरसाइलको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले एक रुपैयाँ तिरेर मोटर साइकल खरिद गर्न सक्ने अफर सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङले दशैं र तिहारलाई लक्षित गर्दै ल्याएको अफर अन्तरगत मोटरसाइकल खरिद गर्न चाहने व्यक्तिले एक रुपैयाँ तिरेर खरिद गर्न पाउने जानकारी गराएको हो ।

स्याकार ट्रेडिङले दशैं र तिहारलाई लक्षित गर्दै ‘हर एक नेपालीलाई एक रुपैयाँमा होण्डा’ अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तरगत नै एक रुपैयाँ तिरेर मोटरसाइकल खरिद गर्न सक्ने स्याकार ट्रेडिङका विजनेश डेभ्लपमेन्ट म्यानेजर निजेनलाल श्रेष्ठ जानकारी दिए । श्रेष्ठले आइतबार हाम्राकुरालाई दिएको जानकारी अनुसार ग्राहकले आफ्नो कम्पनी ग्यारेण्टी बसेको कागजात पेश गर्नु पर्नेछ । ‘खरिद गर्नेले एक रुपैयाँ डाउनपेमेन्ट गुर्न पर्नेछ’ श्रेष्ठले भने, ‘खरिदकर्ताको कम्पनीले ग्यारेन्टी बस्नु पर्नेछ ।’

श्रेष्ठका अनुसार मोटरसाइकल खरिदपछि २ वर्ष भित्रमा बाँकी किस्ता बुझाउनु पर्नेछ । उक्त किस्तामा वार्षिक १६ प्रतिशतका दरले ब्याज तिर्नु पर्नेछ । उक्त अफर मोटरसाइकल र स्कुटर दुबै दुई पाङ्ग्रे सवारीको खरिदमा लागु हुने पनि होण्डाले प्रष्ट पारेको छ । ग्राहकलाई १ रुपैयाँ डाउनपेमेन्ट, १ रुपैयाँ इएमआई वा १ प्रतिशत ब्याजदर मध्ये कुनै एक अफर छान्न सक्ने सुविधा समेत स्याकारले दिएको छ ।

स्याकार ट्रेडिङले गत चैत देखि गरिएको लकडाउन असारमा खुलेपछि पनि एक रुपैयाँ अफर ल्याएको थियो । उक्त अफरपछि दुई पाङ्ग्रे सवारी साधनको कारोबारमा वृद्धि भएको स्याकार ट्रडिङले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
नयाँ