काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा पन्ध्र सय ९९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ३ सय ७३, ललितपुरमा १८७ र भक्तपुर ३९ जना संक्रमित थपिएका हुन् ।
देशका विभिन्न प्रयोगशालामा १२ हजार ७ सय ८४ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार २ सय ५३ जनामा संक्रमणमण पुष्टि भएको मन्त्रालयले आइतबार जनाएको छ । योसँगै कूल संक्रमणमितको सङ्ख्या ८६ हजार ८ सय २३ पुगेको छ । हालसम्म १० लाख ७४ हजार ४४८ परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट निधन हुनेको सङ्ख्या ७ जना पुगेको छ । योसँगै संक्रमणमणबाट निधन हुनेको सङ्ख्या ५ सय ३५ जना पुगेको छ । चार महिला र तीन पुरुष गरी ७ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा एक पुरुष, ललितपुरमा एक पुरुष र बाँकेमा एक पुरुष रहेका छन् । त्यसैगरी मकवानपुरमा एक बालिका, चितवनमा एक महिला, बाँकेमा एक महिला र कन्चनपुरमा एक महिलाको संक्रमणबाट मृत्यु भएको छ ।
साथै निको हुनेको सङ्ख्या ६४ हजार ६९ नाघेको जनाइएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ जना कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए । यो सँगै घर फर्किनेको सङ्ख्या ६४ हजार ६९ पुगेको छ ।
देशभर २२ हजार २ सय १९ जना सक्रिय संक्रित रहेका छन् भने क्वारेन्टिनमा ४ हजार २ सय ३ जना छन् ।