arrow

संवैधानिक नियुक्तिमा एउटै समुदायबाट ल्याइएको उपेन्द्रको आरोप

logo
प्रकाशित २०७७ असोज १८ आइतबार
upendra-yadav-600x0.jpg.jpeg

राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका केही प्रावधान संशोधन गरी सबैको अपनत्व हुने खालको वातावरण नबनेसम्म सचेत युवाले  खबरदारी गरिरहनुपर्ने बताएका छन्   । 

सप्तरीको राजविराजमा आइतबार आयोजित युवा पार्टी प्रवेश कार्यक्रममा उनले आदिवासी, जनजाति, दलित, मधेशी तथा सीमान्तीकृत समुदायको माग सम्बोधनका लागि संविधान संशोधन आवश्यक रहेकामा जोड दिए ।  संवैधानिक आयोग तथा अन्य निकायमा नियुक्ति गर्दा ८० प्रतिशतसम्म एउटै समुदायबाट ल्याइएको आरोप पनि उनले लगाए ।  

तत्कालीन समाजवादी युवा फोरमका अध्यक्ष आतेश यादवका अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रियसभाका सदस्यद्वय शेखर सिंह र  मृगेन्द्रकुमार सिंह यादव, प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेशसभा सदस् मनीष सुमनलगायतले पनि संविधान संशोधन नभएसम्म आफूहरु मौन भएर नबस्ने चेतावनी दिए  ।

कार्यक्रममा विभिन्न दल परित्याग गरी जसपमा प्रवेश गरेका २८५ युवालाई फूलमाला र अबिर लगाई स्वागत गरिएको थियो । 



लोकप्रिय समाचार
नयाँ