काठमाडौं। नेपाली कवि- लेखकहरुकाे सबैभन्दा पुरानाे एवम् प्रतिष्ठित संस्था नेपाली लेखक संघले सत्याग्रही चिकित्सक गाेविन्द केसीकाे जीवन रक्षाकाे माग गरेको छ। एक विज्ञप्ती निकाल्दै संघले डा. केसीले अनसन सुरु गरेकाे तीन हप्ता बितिसक्दा पनि सरकारले बेवास्ता गरेकाे भन्दै चिन्ता व्यक्त गरेकाे छ ।
नेपालकाे स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवालाई जनमुखी बनाउन डा. केसीले उठाएका मुद्दाहरु जायज भएकाे भन्दै लेखक संघले ऐक्यबद्धता जनाएकाे छ । आफैले गरेका सम्झाैता आफै उल्लंघन गर्ने प्रवृत्तिले सरकारप्रतिकाे नागरिककाे विश्वास टुट्दै गइरहेकाे उल्लेख गर्दै संघले एउटै मागका लागि एउटा सत्याग्रहीलाई पटक पटक अनसन बस्न बाध्य बनाइनु लाेकतन्त्रका लागि लज्जाकाे विषय भएकाे बताएको छ।
नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा यथाशिघ्र वार्ता गरी डा. केसीकाे जीवन रक्षा गर्न सरकारसँग जाेडदार माग गरिएकाे छ ।