arrow

नेपाल प्रजातान्त्रिक महासंघ सुदूरपश्चिमको प्रचार विभागको संयोजकमा बस्नेत 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १८ आइतबार
dipendra.PNG

कञ्चनपुर। नेपाल प्रजातान्त्रिक महासंघ सुदूूरपश्चिम प्रदेशको सूचना तथा प्रचार विभागको संयोजकमा कन्चनपुर पुनर्वासका पत्रकार दीपेन्द्र बस्नेत मनोनित भएका छन् । नेपाल प्रजातान्त्रिक महासंघको शनिवार बसेको पदाधिकारी बैठकले पत्रकार महासंघ सुदूरपश्चिमका पार्षद एवं प्रेस युनियन सुदूरपश्चिम पार्षद समेत रहेका बस्नेतलाई संयोजकमा मनोनित गरेको हो ।

संघको शनिवार बसेको बैठकले संयोजकमा वस्नेतलाई जिम्मेवारी सहित मनोनयन गरेको नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रीय सदस्य एवं सूचना तथा प्रचार विभाग संयोजक रोजी ढकाल पराजुलीले जानकारी दिइन।
प्रदेश संयोजकमा मनोनयन भएपछि पत्रकार बस्नेतलाई नेपाली कांग्रेसका नेता एंव पूर्व सांसद दिवान सिंह विष्ट, नेपाली कांग्रेस कन्चनपुरका जिल्ला सदस्य प्रकाशराज पन्त लगायतले आइतवार बेलौरीमा एक कार्यक्रमको आयोजना गरि बधाइ दिएका छन् ।

संयोजकमा मनोनयन हुनुभएका पत्रकार बस्नेत ०५१ सालमा नेविसंघ कन्चनपुरको उपाध्यक्ष समेत रहेका थिए । पत्रकार बस्नेत विगत १९ बर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा छन् । ०५८ सालदेखि पत्रकारीता गर्दै आएका उनी नागरिक आवाज साप्ताहिकका सम्पादक रहेका छन् भने हाम्राकुरा डटकममा आवद्ध रहेका छन्।



लोकप्रिय समाचार
नयाँ