arrow

विशाल ग्रुपको प्रष्टिकरण

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १८ आइतबार
Logo-vishal-group.jpg

काठमाडौं। केही दिनदेखि विशाल ग्रुपमार्फत आयातित र प्रवद्धित केही उपभोग्य वस्तुसँगको विषयलाई लिएर केही संचार माध्यममा प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको विशाल ग्रुपले जनाएको छ। समाचारहरुमा उल्लेख भएको आयान डिष्ट्रिब्युटर प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रुपमा विशाल ग्रुपको ग्राहक नरहेको कम्पनीले विज्ञप्ती निकाली जानकारी दिएको छ।

कम्पनीले विधिवत रुपमा आयात गरिएका वस्तुहरुको प्रयोगको म्याद समाप्त भएका खण्डमा उक्त वस्तुहरुलाई फिर्ता लिई सो को शतप्रतिशत सोधभर्ना गर्ने नीति रहेको जनाएको छ । अवान्छित र भ्रम सिर्जना गर्ने समाचारको खण्डन गरेको जनाउँदै विशाल ग्रुपले ग्राहकवर्गलाई यस्ता भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरेको छ ।

विशाल ग्रुप आम उपभोक्ताहरुको स्वास्थ्य संवेदनशिलताप्रति सदैव सजग एवं सचेत रहेको दावी गर्दै ग्रपले म्याद समाप्त हुन लागेका र म्याद समाप्त भइसकेका उपभोग्य वस्तुहरु समयमै नष्ट गर्न सकियोस् भन्ने हेतुले यस ग्रुपले सदैव आफुबाट आयातित वस्तुहरुको संस्था अन्तर्गतका सप्लाई चेनमा कडा निगरानी राख्नुका साथै म्याद समाप्त भइसकेका वस्तुहरुको समुचित लेखापरीक्षण पश्चात सम्बन्धित निकायमा सूचित गरि नष्ट गर्ने गरिएको जानकारी गराएको छ।

कम्पनीले केही संचार माध्यमबाट विशाल ग्रुपलाई लान्छित गर्दै प्रकाशित समाचारहरुमा कुनै सत्यता नरहेको जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ