काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको डिफेन्डिङ च्याम्पियन लिभरपुलले हारमा रेकर्ड बनाएको छ । आइतबार राति भएको खेलमा लिभरपुल एस्टन भिल्लासँग ७(२ को फराकिलो गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा एस्टनलाई शानदार जित दिलाउन ओली वाटकिन्सले ह्याट्रिक गरे । यस्तै ज्याक ग्रेयलिसले दुई गोल गर्दा जोन म्याकजिन र रोस बार्क्लीले एक एक गोल गरे । लिभरपुलका मोहमद सलाहले दुई गोल फर्काए । सन् १९६३ पछि पहिलो पटक लिभरपुलले ७ गोल व्यहोरेको हो । सन् २०१९ को जनवरीपछि लिभरपुलको यो चौथो हार हो ।
गत सिजन अन्तिम खेलसम्म रेलिगेशनका लागि संघर्ष गरिरहेको भिल्लाले सन् १९६२ पछि पहिलो पटक प्रिमियर लिगमा शानदार खेलेको छ । सुरुवाती तीनै खेलमा शतप्रतिशत जित आत्मसात गर्दै भिल्ला लिगको दोस्रो स्थानमा छ ।