arrow

डा.केसीको जीवनरक्षा माग्दै शिक्षण अस्पतालका चिकित्सकहरु आन्दोलित, शान्तिपूर्ण र्याली

logo
प्रकाशित २०७७ असोज १९ सोमबार
dr-govinda-kc4.jpg

काठमाडौं । २२ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सोमबार शान्तिपूर्ण र्याली हुने भएको छ । सोमबार दिउँसो १ बजेबाट ३ बजेसम्म त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकलगायत कोभिड र इमर्जेन्सी बाहेकका सम्पूर्ण गतिविधि छोडेर त्रिवि अस्पतालदेखि महाराजगंजसम्म शान्तिपूर्ण र्याली गर्ने कार्यक्रम रहेको बताइएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि आइतबारदेखि केसीलाई अक्सिजन दिन थालिएको छ । डा. केसीलाई स्वास फेर्न गाह्रो भएपछि अक्सिजन सपोर्टमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई छाती दुख्ने र स्वास फेर्न गाह्रो भएपछि आइतबार अक्सिजन सपोर्टमा राखिएको डा तोसिमा कार्कीले जानकारी दिएकी छिन् । 

उनका अनुसार डा केसीको शरीर पूरै दुखिरहेको छ । डा केसीलाई यो अवस्थामा आईसीयूमा लगेर उपचार गर्नुपर्ने भए पनि उनले मानेका छैनन् । डा केसीले अन्य औषधी लिन पनि मानेका छैनन् । डा केसीको स्वास्थ्य कमजोर बन्दै गएपछि उनी बोल्नसमेत सकिरहेका छैनन् । 

डा केसी चिकित्सा शिक्षामा सुधार लगायतका विभिन्न ६ बुँदे माग राख्दै भदौ २९ गतेबाट आमरण अनशनमा छन् । 
जुम्लाको एक मन्दिरबाट अनसन शुरु गरेका केसीलाई स्वास्थ्य अवस्था बिग्रेपछि सरकारले अपहरण शैलीमा असोज ६ गते काठमाडौं ल्याएको थियो । तर न त सरकारले उपचार गर्यो न त वार्ताबाटै उनको समस्याको समाधान गर्ने इच्छा राख्यो । 

अहिलेसम्म सरकारका तर्फबाट आधिकारिकता केही पनि आएको छैन । सरकारका प्रवक्ता बनेपछिको पहिलो संवोधनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समय परिस्थिति राम्रो नभएकाले अनसन तोड्न आग्रह गरेका थिए । उनले डा। केसीका माग संवोधन भइसकेको भन्दै पन्छिए । 

मानवअधिकारवादी तथा नागरिक समाजका अगुवाहरुले पटक पटक डा केसीको जीवनरक्षाको अपील गरे पनि सुनुवाई भएको छैन । 

डा केसीसँग तत्काल वार्ता गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, साझा पार्टी, विवेकशील नेपाली दल लगायतले माग गरे पनि सरकारले सुनेको छैन । 


 



लोकप्रिय समाचार
नयाँ