काठमाडौं । आइतबारको तुलनामा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँका दरले घटेको हो ।
महासंघका अनुसार आइतबार ९४ हजार ५ सय रुपैयाँका दरले कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ रहेको छ । यसअघि आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँका दरले रहेको थियो ।
सोमबार चाँदीको मूल्य स्थिर रहेको महासंघले जानकारी दिएको छ । आइतबार प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएको चाँदीको कारोबार सोमबार पनि सोही मूल्यमा भइरहेको छ ।