arrow

अस्पताल डुलाउँदा डुलाउँदै गयो ज्यान, बाबु पिट्ने छोरो फरार

logo
प्रकाशित २०७७ असोज १९ सोमबार
Killed.jpeg

तम्घास । गुल्मीमा आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ । इस्मा गाउँपालिका ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको छोरा अनिलको कुटपिटबाट सोमबार बिहान मृत्यु भएको हो । साँझ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई छोराले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकराज पन्थले जानकारी दिए ।  

घाइते बस्नेतलाई थप उपचारका लागि साँझ नै तम्घास अस्पताल ल्याइएको थियो । मुख र छातीमा गम्भीर चोट लागेका दिलबहादुरलाई तम्घास अस्पतालले मिसन अस्पताल पाल्पा रिफर गर्यो  तर मिसन अस्पतालले प्रवास अस्पताल र प्रवास अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो । अस्पताल डुलाउँदा डुलाउँदै सोमबार बिहान ४ बजे बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । 

अभियुक्त अनिल फरार  छन् । रासस
 



लोकप्रिय समाचार
नयाँ