पुनर्वास । आइतबार राति कञ्चनपुरको पुनर्वासमा मोटरसाइकलको ठक्करबाट एकजना वृद्धको मृत्यु भएको छ । मोटरसाईकलको ठक्करबाट पुनर्वास नगरपालिका वार्ड नं १ बलभद्र बस्तीका ७० बर्षिय वृद्ध मलङ्ग भनी चिनिने सिँह बहादुर तामाङ्गको मृत्यु भएको हो । पछाडिबाट आएको से ६ प २९२८ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो ।
मोटरसाईकल सहित ठक्कर दिने चालक १६ बर्षीय बालक मदन तामाङ्गलाई प्रहरी नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले जनाकारी गराए । गाउँमा स्थानियको जग्गा सम्बन्धी बिवाद भई छिमेकीबीच झगडा भएको र झगडा मिलाउन हिँडेका उनलाई मोटरसाईकलले ठक्कर दिएको थियो ।
मृतक तामाङ्गको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा राति ११ः१५ मा मृत्यु भएको प्रहरीले जनाएको छ । ५५ बर्षीय अर्का बलबहादुर तामाङ्ग पनि मोटरसाईकलको ठक्करबाट सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।