arrow

चर्चामा आउने योगेश भट्टराई नीतिः विमानस्थलमा पूर्वाधार बिनै विमान अवतरण

सुदूरपश्चिमका तीनै विमानस्थलमा नियमित उडानको सम्भावना न्युन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १९ सोमबार
yogesh11.jpg

काठमाडौं । हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’को अनुमिति दिने विवादित काम गरेर चर्चामा आएका संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले चर्चामा आउनकै लागि सुदूरपश्चिमका तीन वटा विमानस्थलमा हवाई जहाँज अवतरण गराएका छन् ।

शनिबार भट्टराईले बैतडीको पाटन विमानस्थल, बझाङको चैनपुर विमानस्थल र डोटीको दीपायल विमानस्थलमा विमान अवतरण गराएपनि ती विमानस्थलमा पूर्वाधार बनिसकेका छैनन् । चैनपुर विमानस्थल र दीपायल विमानस्थलमा काम चलाउ रुपमा सानो भवन भएपनि बैतडीको पाटन विमानस्थलमा काम चलाउन रुपमा सानो भवन पनि नबनेको नागरि उड्ड्यन प्राधिकरणले जानकारी दिएको छ ।

तीनवटै विमानस्थलमा टर्मिनल टावर एवंम विमानस्थल भवन समेत नभएको नागरिक उड्ड्यन प्राधिकरणले जानकारी दिएपछि मन्त्री भट्टराईले चर्चामा आउनकै लागि तीन वटा विमानस्थलमा विमान अवतरण गराएको बुझिएको हो ।

विमानस्थलहरुमा टर्मिनल टावर, भवन लगायतका पूर्वाधार नभएका कारण निकट भविष्यमा ती विमानस्थलमा नियमति उडानको सम्भावना पनि न्युन रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका सूचना अधिकारी नरायणदेवी श्रेष्ठले बैतडीको पाटन विमानस्थलमा टर्मिनल टावर, भवन लगायतका पूर्वाधार नभएका र चैनपुर तथा दीपायल विमानस्थलमा काम चलाउ रुपमा मात्रै टर्मिनल टावर रहेको जानकारी दिइन् ।

नियमति उडान गर्ने उद्येश्यले शनिबार विमानस्थलहरुमा परिक्षण उडान गरिएपनि नियमति उडानका लागि नश्चित नभएको श्रेष्ठले बताइन् । ‘उद्येश्य त नियमित उडान गर्ने भन्ने हो’ उनले भनिन्, ‘अझै तालिका आइतसकेको छैन ।’

गत शनिबार विमानस्थल परिक्षणका क्रममा मन्त्री भट्टराईले हप्तामा २ दिन, ३ दिन वा कति दिन सम्भव हुन्छ नियमित उडान गरिने आश्वासन स्थानियलाई दिएका थिए । नियमित उडान सञ्चालनमा ल्याएपछि सुदूरपश्चिमतिरका कर्मचारीलाई पनि आवतजावतका लागि सजिलो हुने, बिरामीलाई अस्पताल पुग्न सजिलो हुने र पर्यटन व्यवसाय पनि फस्टाउने भट्टराईको भनाई थियो ।

तर, मन्त्री भट्टराईले विमानस्थल परिक्षणका क्रममा दिएका ती आश्वासनहरु भने पूर्वाधार नभएका कारण पुरा नहुने करिब करिब निश्चित देखिन्छ ।

सरकारले २०७३ यता उक्त तीन विमानस्थल निर्माणका लागि करिब २४ करोड रुपैयाँ खर्च गरेको छ । पाटन विमानस्थलको लागि पछिल्लो तीन वर्षयता १२ करोड, चैनपुरका लागि ६ करोड २३ लाख रुपैयाँ र दीपायल विमानस्थलका लागि ५ करोड ५० लाख रुपैयाँ खर्च गरेको नागरिक उड्ड्यन प्राधिकरणले जानकारी दिएको छ ।

शसस्त्र द्वन्दका बेला तत्कालीन विद्रोही माओवादीले गरेका आगजनीका कारण उक्त ३ विमानस्थल सहीत सुदूरपश्चिमका करिब १ दर्जन विमानस्थलमा क्षति पुगेको थियो । त्यसयता सुदूरपश्चिमको धनगढी विमानस्थलबाहेक अन्य विमानस्थलमा व्यवसायिक उडान हुन सकेको छैन । 



लोकप्रिय समाचार
नयाँ