arrow

गोदरेज अप्लायन्सको नयाँ उत्पादन भाइरोशिल्ड नेपाली बजारमा

logo
प्रकाशित २०७७ असोज १९ सोमबार
godrej-viroshield.jpg

काठमाडौं। गोदरेज अप्लायन्सले आफ्नो नयाँ उत्पादनको बिक्री वितरण सुरु गरेको छ। नेपाली बजारमा भाइरोशिल्डको बिक्रि वितरण शुरू गरिएको कम्पनीले जानकारी दिएको हो। अहिलेको माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै, गोदरेजले उक्त भाइरोशिल्ड उत्पादन गरेको दावी गरेको छ। भाइरोशिल्डले २ देखि ६ मिनेटमा कोभिडलाई निसंक्रमण गर्ने क्षमता राख्ने दावी कम्पनीले गरेको छ।

भाइरोशिल्डामा विभिन्न वस्तुहरु खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहा (साना), मोबाइल, ट्याब्लेट, वालेट पर्स, सुनका गहना, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेशनरी कागजात लाई निसंक्रमण गर्ने कम्पनीको दावी छ। उक्त भाइरोशिलट ३० लिटर क्षमतामा नेपाली बजारमा पाइने समेत कम्पनीले जनाएको छ। गोदरेज ब्रान्डको अधिकारिक बिक्रेता, चौधरी गु्रप अन्तर्गतको सीजी इओएल हो ।



लोकप्रिय समाचार
नयाँ