काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४ सय ४० जना कोभिड १९का नयाँ विरामी फेला परेका छन् । स्वास्थ तथा जनसँख्या मन्त्रालयले सोमबार गराएको जानकारी अनुसार कोभिड १९का विरामीको उक्त सँख्या फेला परेको हो । कोभिड १९ संक्रमितको उक्त सँख्यासँगै नेपालको कुल संक्रमितको सँख्या ८९ हजार २ सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म कुल ६५ हजार २ सय २ जना कोभिड १९ संक्रमणमुक्त भइसकेका स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल २३ हजार ७ सय ५ जना कोभिड १९का सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ११ सय ३३ जना संक्रमणमुक्त भएका र हालसम्म ५ सय ५४ जनाको कोभिड १९का कारण मृत्यु भएको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।