डोटी । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सुदूरपश्चिम संयोजकमा महिला नेतृ प्रसिस महरालाई नियुक्त गरिएको छ ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कामलाई सहज र थप व्यवस्थित बनाउँन सुदूरपश्चिममा सञ्चालन गरिने प्रशिक्षण सम्बन्धि कार्यक्रम सञ्चालनका लागि संयोजक नियुक्त गरिएको हो ।
कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले महरालाई प्रदेश संयोजकमा नियुक्त गरिएको जानकारी दिए ।
नेतृ महरा नेपाली काँग्रेस महासमिति सदस्य तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकि केन्द्रिय सदस्य हुन् ।