arrow

७७ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु

logo
प्रकाशित २०७७ असोज २० मंगलबार
corona-killed-final.jpg

भरतपुर । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको  कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको मंगलबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए । निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए । 

उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएसँंगै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । एच नाइन भाइरसबाट कुखुरा मर्न थाले  कुखुरामा एच नाइन भाइरस देखिएपछि यहाँका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन् । 

भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले पालेका ५ हजार बढी लेयर्स जातका कुखुरा मरेका हुन् । ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन भाइरस पुष्टि भएको थियो ।  

यसपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा दयाराम चापागाईले जानकारी दिए । “काठमाडौँमा परीक्षण गर्दा एच नाइन देखियो, बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेका छौं, नयाँलाई मारेका छैनौं ” उनले भने । 



लोकप्रिय समाचार
नयाँ