काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्यमा ८ सय रुपैयाँले वृद्धि भएको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँका दरले कारोबार भएको थियो ।
मंगलबार तेजावी सुनको मूल्य पनि बढेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सोमबार ९३ हजार ६ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको तेजावी सुनको मूल्य मंगलबार ९४ हजार ४ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको महासंघले जानकारी दिएको छ । सोमबार प्रतितोला ११ सय ८० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य मंगलबार २० रुपैयाँ प्रतितोलाका दरले बढ्दै १२ सय रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।