arrow

दक्षिणको नाटो क्वाडले इन्डो प्यासिफिकमा चीनमाथि नियन्त्रण गर्न सक्छ ?

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज २० मंगलबार
quad-foreign-minister.jpg

काठमाडौं। भारत, अमेरिका, अष्ट्रेलिया र जापानको संयुक्त संगठन क्वाडले मंगलबार भारत प्रशान्त क्षेत्रमा चीनको बढ्दो खतरालाई लिएर टोकियोमा वार्ता गर्दैछ । विदेशमन्त्रीस्तरीय वार्ता, यी चार मुलुकको चीनसँग सम्बन्धित, सीमा र व्यापार विवादका विषयमा मजबुद सुरक्षा गठबन्धनका लागि केन्द्रित रहनेछ ।

चीनले क्वाडलाई यस क्षेत्रमा आफ्नो बढ्दो प्रभुत्वलाई नियन्त्रण गर्नका लागि दक्षिणको एटलान्टिक सन्धि संगठन नाटोको रुपमा हेरेको छ । यो गठबन्रधनले आफुलाई खतरा उत्पन्न हुने चीनले महशुस भने गरेको छ । चीनको आफ्नो डरका बीच, अमेरिकी बिदेश राज्यमन्त्री स्टेफन ई बिगुनले चार देशबीचको अनौपचारिक सुरक्षा गठबन्धन नाटो स्वरुपको एसियाली सुरुवात हुने बताएका छन् ।

तर, के यी चार मुलुकको पूर्ण सैन्य गठबन्धनले एसियाली विस्तारवाद चीनलाई रोक्न सक्ला ? अमेरिकापछि चीन सैन्य क्षेत्रमा विश्वकै बढी लगानी गर्ने राष्ट्र बनेको छ । सन् २०२० मा मात्रै चीनले सैन्य क्षेत्रमा २६० बिलियन डलर खर्च गरेको छ । पछिल्लो समय चीनले सैन्य क्षेत्रमा समेत विशाल आधुनिकीकरण गरेको छ । जसअन्तर्गत विमान वाहक आधुनिक नौ सेना फिग्रेट र स्टिल्थ एयर क्राफ्टहरु रहेका छन् ।

यसबीच भारत, जापान र अष्ट्रेलिया जस्ता क्षेत्रिय खेलाडीले समिकरण मिलाउनका लागि रक्षा क्षेत्रमा बजेट बढाइरहेका भएपनि चीनको सैनिक लगानी यी छिमेकीहरुको भन्दा निकै बढी छ । क्वाडमा अमेरिकी समिकरण र बढ्दो सैन्य सहकार्यले इन्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभुत्वलाई न्युनिकरण गर्न सक्ने देखिएको छ ।

एक अनौपचारिक नाटो जस्तो गठबन्धनले चीनको विस्तारवादलाई निशाना बनाउँदै हिन्द सागरदेखि प्रशान्तसम्म आफ्नो प्रभाव बढाउन यी मुलुकहरुलाई सहयोगी हुने देखिएको छ । वाशिंगटनको रणनीतिक तथा अन्तराष्ट्रिय अध्ययन केन्द्रका एसिया विज्ञ माइक ग्रीनले क्वाड वार्ताले चीनलाई एक चेतावनी दिदै क्वाड भोलिका दिनमा नाटो झैं एक औपचारिक समुहका रुपमा खडा हुनसक्छ।



लोकप्रिय समाचार
नयाँ