arrow

वनको जग्गा भुमाफियाको कब्जामा

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ असोज २० मंगलबार
baan-mafiya.jpg

रौतहट। रौतहटको चन्द्रपुर नगरपालिकामा भुमाफियाले वनको जग्गा मासेर प्लटिङ गरेका छन । चन्द्रपुर ६ स्थित बाल निकेतन बोर्डिङको दक्षिणतर्फको कित्ता नम्बर ३२३ र ३२४ को  १० कट्ठा जमिन खरिद गरेर वन को ६ कट्ठा जमिन समेत प्लटिङ गरेर बेच्न लागेका हुन ।

भुमाफियाले वनको जग्गामा रहेको रुख समेत रातारात काटेको स्थानियले बताए । स्थानीयका अनुसार हातेमालो सामुदायिक वनको सो जग्गा  जग्गा ब्यापारी देबेन्द्र प्रसाद अर्यालले आफ्नो १० कट्ठाकै जग्गा भन्दै बाटो खोलेर बिक्री गर्न लागेका हुन । भुमाफियाले सो जमिनमा रहेको जङली साज प्रजातिको ३ वटा रुख समेत रातारात गायब गरिदिदा समेत बन कार्यालय मौन बसेको स्थानिय बासिन्दाको आरोप छ ।

१० कठ्ठा जमिन खरिद गरेर वनको  जमिन हडप्ने अनि बेचबिखन सम्म गर्न सुरु गर्दा समेत वन कार्यालय मौन छ । डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख बिनोद सिंहले बनको जग्गा कब्जा भएको  बिषयमा अनुसन्धान सुरु गरिएको  बताए । उनले वनको जग्गामा यसअघि पनि भुमाफियाले नजर लगाएको भएपनी सफल हुन नसकेको बताउँदै यो जग्गा कुनै हालतमा उनिहरुको हातमा जान नदिने प्रतिबद्धता जनाए । 

यता मालपोत कार्यालय चन्द्रनिगाहपुरमा भुमाफियाहरुले सो जमिन कित्ताकाट गर्ने आदेश गराउन लाखौंको चलखेल समेत सुरु गरेको नाम उल्लेख नगर्ने सर्तमा मालपोतकै एक कर्मचारीले जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ