काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५ सय ५१ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ तथा जनसँख्या मन्त्रालयले मंगलबार गराएको जानकारी अनुसार संक्रमितको उक्त सँख्या फेला परेको हो । संक्रमितको उक्त सँख्यासँगै नेपालमा कोरोना संक्रमतिको कुल सँख्या ९० हजार नाघेको छ ।
स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएको उक्त सँख्यासँगै नेपालमा कुल संक्रमितको सँख्या ९० हजार ८ सय १४ रहेको जानकारी दिए । उनका अनुसार हाल नेपालमा कुल सक्रिय संक्रमितको सँख्या २२ हजार ७ सय ९ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको सँख्या २३ सय ४० जना रहेको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ । संक्रमणमुक्त हुनेको सँख्यासँगै नेपालमा ६७ हजार ५ सय ४२ जना पुगेको मन्त्रालयले जानकारी दिएको छ ।