नेपालगन्ज । बाँकेमा मंगलबार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालमा गरिएको परिक्षणमा ३६ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परिक्षणमा २० जना र बागेश्वरी डाइग्नोष्टिक ल्याबमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । ती मध्ये ४१ जना पुरुष र २५ जना महिला छन् ।
यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ८६ पुगेको छ । हालसम्म १ हजार ६ सय ७३ जना निको भएका छन् । आइसोलेसनमा ४ सय ९२ जना छन् । २१ जनाको भने मृत्यु भइसकेको छ ।