पाँचथर। गोरु मारेर मासु खाएको अभियोगमा पाँचथरमा ४ जना ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको कुम्मायक ३ का ५० वर्षिय राईप्रसाद लिम्बु सम्हाम्फे, कुम्मायक ४ का ४५ वर्षिय वीरबहादुर तामाङ, कुम्मायक ४ की टेकमाँया तामाङ, कुम्मायक ४ का ३० वर्षिय सुवास खजुम रहेका छन् ।
गाउँको एक जंगलमा गोरु मारेर खाएको आरोपमा ती ब्यक्तिलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पक्राउ परेका तिनीहरुलाई एक हप्ता म्याद्ध थप गरी अनुसन्धान प्रक्रिया अघि वढाइएको प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले बताए ।