डोटी । दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासीले मुख छाडेर बोलेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
अडियोमा नेपाल विद्यार्थी संघका नेता विजय ओझासँग मेयर मलासीले आक्रोसित हुँदै गाली गर्नुका साथै खुट्टा भाँच्ने धम्कि दिएकी छिन् ।
मेयर मलासिले अडियोमा भनेकीछिन्,'साले ! फटाहा साले ! आन सिंगल सिंगल लड, तलाई त खुट्टा भाँचेर छाड्नु पर्ने ।'
सिलगढीमा ओझाले आफ्ना साथीहरुसँग वाल तपाईको अफिसले लगाएको होकी नरक पालिकाले भनेरे व्यङ्ग्य गरेपछि मेयरले आक्रोस पोखेकी हुन् । साथीहरुसँग सो कुरा गर्दा मेयर नजिकमा छन् भन्ने थाह नपाएको ओझाले बताए । मेयरले एक्कासी पछाडीबाट गालीगरेपछि मात्रै थाह पाएको उनले बताए ।
सामाजिक सञ्जालमा जनप्रतिनिधिले जनताको सामान्य आलोचना समेत खेप्न नसक्नु र मुख छाड्नु गलत भएको भन्दै टिकाटिप्पणी भैरहेको छ । करिव एक मिनेटको अडियोमा मेयर मलासी र ओझाबीच सामान्य विवाद पनि भएको छ ।