काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या ६७ लाख ५४ हजार १७९ पुगेको छ । मंगलबार ७१ हजार ८६९ जना संक्रमित थपिएका छन् । हाल ९ लाख ७ हजार ३७९ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्ला दिन निरन्तर कोरोनामुक्त हुनेको संख्या बढेसँगै सक्रिय संक्रमित घट्दै गएका छन् । मंगलबार ८१ हजार ९४५ जना कोरोनामुक्त भएका छन् । हालसम्म ५७ लाख ४१ हजार २५३ जना कोरोना मुक्त भएका छन् । मंगलबार ९९० जनाको ज्यान गएको छ ।
अहिलेसम्म भारतमा कोरोनाबाट १ लाख ४ हजार ५९१ जनाको ज्यान गइसकेको छ ।