arrow

हरिवंश आचार्य पनि कोरोना संक्रमित

logo
प्रकाशित २०७७ असोज २१ बुधबार
haribansha.JPG

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । हरिवंशसँगै उनकी श्रीमती रमिला पनि कोरोना संक्रमित भएका छन् । सोमबार  पीसीआर परीक्षण गरेका उनको मंगलबार पोजेटिभ भएको रिपोर्ट आएको हो ।

उनले सामान्य लक्षण देखिएकाले परीक्षण गरेको बताउँदै आफूहरुको अवस्था अहिले सामान्य रहेको बताएका छन् । उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बस्न पनि आग्रह गरेका छन् । 

उनले समाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘सामान्य लक्षण देखिएकोले हिंजो म र श्रीमती रमिलाको पीसीआर टेष्ट गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ । हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला ।’



लोकप्रिय समाचार
नयाँ