काठमाडौं । सरकारले कालीमाटी फलफुल तथा तरकारी बजार व्यवस्थापन समितिको नेतृत्व परिवर्तन गरेको छ । कृषि तथा पशुपञ्छि विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको बैठकले कालीमाटी तरकारी बजार व्यवस्थापन समितिको नेतृत्व परिवर्तन गरेको हो ।
सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समितिको अध्यक्षमा मन्त्रालयका सहसचवि योगेन्द्र कार्की र कार्यकारी निर्देशकमा मन्त्रालयका उपसचिव विनोदकुमार भटटराईलाई नियुक्त गरिएको जानकारी गराएका हुन् ।
यसअघि कालीमाटी फलफुल तथा तरकारी बजार व्यवस्थापन समितिको अध्यक्ष मन्त्रालयका सहसचिव सबनम सिवाकोटी थिइन् । त्यस्तै समितिको कार्यकारी निर्देशकमा तेजेन्द्रकुमार पौडेल रहेका थिए ।