arrow

विभिन्न मुलुकका करिब एक दर्जन शहरमा अवैतनिक वाणिज्य दुतको पदावधि थप

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २१ बुधबार
foreign-ministry.jpeg

काठमाडौं । सरकारले विभिन्न मुलुकमा अवैतनिक वाणिज्य दुत तथा महावाणिज्य दुत पदमा कार्यरतको पदावधि थप गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा विभिन्न करिब १ दर्जन मुलुकमा रहेका अवैतनिक वाणिज्य दुत तथा महावाणिज्य दुतको पदावधि थप गर्ने निर्णय सरकारले गरेको हो ।
सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मन्त्रीपरिषदको बैठकले केही वाणिज्य दुत एवं महावािणज्य दुतको पदावधि थप गर्ने र केहीको स्तरोन्नति गर्ने निर्णय गरिएको जानकारी दिए । जस अनुसार इरानको तेहरानमा कार्यरत अवैतनिक महावाणिज्य दुत शाहरम शान्ति आईको पदावधि आगामी ४ वर्षका लागि थप गर्ने निर्णय गरिएको छ ।

त्यस्तै मलेसियाको सेलङ्गार शहरमा कार्यरत अवैतनिक वाणिज्यदुत केओसीको पदावधि ४ वर्षका लागि थप गर्ने, इण्डोनेसियाको जाकर्तामा कार्यरत वाणिज्य दुत बल्लीसुपुत्र जनेसतिको पदावधि ४ वर्षका लागि थप गर्ने निर्णय सरकारले गरेको छ । त्यसैगरी इजरायलको हाइफा शहरमा कार्यरत अवैतनिक वाणिज्य दुत निम्रण बर्गरको पदावधि ४ वर्षका लागि थप गर्ने, इजरायलकै वीरसेवा शहरमा काम गर्ने इयाण्डीयरको पदावधि ४ वर्षका लागि थप गर्ने निर्णय पनि सरकारले गरेको छ ।

अमेरिकाको इलोनिय शहरमा अवैतनिक वाणिज्य दुतमा कार्यरत मर्बिन एप्रसटिनको पदावधि आगामी ४ वर्षका लागि थप गर्ने र अमेरिकाकै मेरिल्याण्ड शहरमा का मगर्ने प्रेमराजा महतको पदावधि ४ वर्षका लागि थप गर्ने निर्णय सरकारले गरेको प्रवक्ता ज्ञवालीले बताए । त्यस्तै अमेरिकाकै अन्य शहरहरुमा कार्यरत अवैतनिक वाणिज्य दुत एवं, बेल्जियम, ग्रिस, लेबनान लगायतका मुलुकका शहरमा वाणिज्य दुतको पदावधि थप गर्ने र नयाँ नियुक्त गर्ने निर्णय गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले गरेको ज्ञवालीले बुधबार जानकारी गराए ।
 



लोकप्रिय समाचार
नयाँ