काठमाडौं । सरकारले दशैंमा काठमाडौं छाडेर गाउँ नफर्किन आग्रह गरेको छ । काठमाडौं उपत्यकामा काभिड १९ संक्रमण दर उच्च भएको र गाउँतिर कोरोना नियन्त्रणतर्फ भएकाले गाउँमा कोरोना संक्रमण नफैलियोस् भन्ने उद्येश्यले सरकारले यस वर्षको दशैं आफु बसेकै ठाउँमा (जो जहाँ छ त्यही) मनाउन आग्रह गरेको हो ।
सरकारका प्रवक्ता एवंम परारष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गाउँ जाँदा र फर्किँदा संक्रण पनि तिब्र फैलिने भएकाले यस वर्ष दशैंमा गाउँ नजान आग्रह गरेका हुन् । ‘काठमाडौं उपत्यकामा अझै कोभिड १९को जोखिम उच्च छ । देशभरि थपिने संक्रमित मध्ये आधा भन्दा बढी काठमाडौं उपत्यकाकै छन्’ ज्ञवालीले भने, ‘दशैंमा आफु भन्दा ठुलाबाट आशिर्वाद लिने चलन छ । तर यसपाली गाउँ फर्केर आर्शिवाद लिँदा हाम्रा आमा बुवा, हजुरमा बुवा हजुर आमालाई जोखिममा पार्न सक्छौं । त्यसैले दैनिक गतिविधि गर्दा विशेष सावधानी अपनाउन सरकारको आग्रह छ ।’
मन्त्री ज्ञवालीले सिसिएमसीले ‘आशिर्वाद जोगाऔं’ भन्ने नारा नै बनाएको भन्दै यसवर्ष सतर्कता अपनाएर अभिभावक जोगाउन सकेमा आगामी वर्षहरुमा पनि अभिभावकहरुबाट आशिर्वाद लिने पाइने बताए ।