arrow

केरुङबाट चिनियाँ सामग्रीको आयात बढ्यो

logo
प्रकाशित २०७७ असोज २१ बुधबार
kerung-Border.jpeg

रसुवागढी। नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रने क्रम  बढेको छ । आयात हुने सामग्री केरूङदेखि      रसुवागढीको  मितेरी  पुलसम्म चिनियाँ कन्टेनरले पुर्‍याउने गरेको छ ।

नेपाल भित्रने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेको  भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।

कोभिड – १९ उत्पत्ति  भएयता गत असार २० गतेदेखि नाका सञ्चालनमा आएको र भन्सार शुल्कबापत हालसम्म रू ५० करोड राजश्व असूल भएको जनाइएको छ । परीक्षणका लागि दैनिक आठ । दश कन्टेनर भन्सार हातामा प्रवेश गर्ने गरेको  सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म टिमुरेले जनाएको छ ।

सामग्री लाद्ने कार्यका लागि ३२ भरिया र  रसुवागढीबाट  टिमुरेमा रहेको भन्सार हातामा कन्टेनर ल्याउन १७ चालकको  व्यवस्थापन गरिएको सुरक्षा निकायले जनाएको छ ।

कोभिड –१९ को जोखिम न्यूनीकरण  गर्न भरिया तथा चालकलाई रसुवागढी क्षेत्रमा छुट्टै बसोबासको व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कन्टेनरका सामग्री भन्सार जाँचपास भएपछि सम्बन्धित सवारी साधनका चालकले आफ्नो गन्तव्यतर्फ लाने व्यवस्था मिलाइएको बताइएको छ ।



लोकप्रिय समाचार
नयाँ