arrow

‘डा.के.सी.सँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो प्रधानमन्त्री ओलीको?’

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २१ बुधबार
dr-govinda-kc4.jpg

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गंभिर प्रश्न गरेको छ। अनसनरत डा. गोविन्द केसीसँग कुरा नगर्ने बरु कात्रो पठाउने तयारी गरेको हो ? कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारि गरेको प्रेश विज्ञप्ति मार्फत उक्त प्रश्न सोधिएको हो।

डा. केसी अनशन बसेको बुधबार २४औं दिन हो। आजको मितीसम्म सरकारले वार्ता गर्ने र डा. केसीको माग सम्भोधन गर्ने बारे कुनै चासो देखाएको छैन। सरकारका मन्त्रीहरु पनि आफ्नो मातहतको मन्त्रालयको जिम्मेवारी नरहेको बताउँदै पन्छिरहेको अवस्था छ।

कांग्रेसले विज्ञप्तिमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्र हुनुमा फरक हुन्छ भन्दै प्रश्न गरेको छ। कांग्रेसले भनेको छ –‘ डा. गोविन्द के.सी. अनशनमा बस्नु भएको आज २४ दिन पुग्यो । वार्ता समिति सम्म गठन गर्नुभएको छैन । कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्नु हुन्थ्यो त्यो स्वभाविक थियो, अब अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ । खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि— लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ ?’

कांग्रेसले आफ्नो सरकारको पालामा डा.केसीसँग गरिएको सहमति पनि प्रधानमन्त्रीले उल्टाएको आरोप लगाएको छ । ‘नेपाली कांग्रेसको पालामा डा. के.सी. अनशन बस्दा, वार्ता गरिए, कयौं माग पूरा गरिए । चाहे श्री सुशील कोइराला नेतृत्वको सरकारले उच्च स्तरीय कार्यदल बनाएर होस् या श्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस, संवाद मार्फत उहाँका माग पूरा गरिए । तर यहाँले उसबेला पूरा गरिएका माग एकातर्फ उल्टाउनु भयो अर्कातर्फ नयाँ सन्दर्भमा अघि सारिएका माग बारे संवाद मार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार यहाँमा भएन । सत्याग्रहीलाई दुव्र्यवहार देखि, सत्ताको अहंकार सम्मले कम्युनिष्ट तन्त्रको मनोबिज्ञानलाई मात्रै पुष्टि गरेका छन् ।‘ बिज्ञप्तिमा भनिएको छ।

कांगरेसले बिज्ञप्ति मार्फत बलमिच्याई नगर्न चेतावनी दिंदै भनेको छ –‘ डा. के.सी.को स्वास्थ स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू । हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. के.सी. को जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस् ।‘



लोकप्रिय समाचार
नयाँ