arrow

एकैदिन ३४ सय बढीमा कोरोना संक्रमण, २५ हजार नाघे सक्रिय संक्रमित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २१ बुधबार
corona-nepal-ministry.JPG

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालका कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गराएको जानकारी अनुसार एकै दिन ३४ सय ३९ जनाको कोरोना पोजेटिभ देखिएको हो । संक्रमितको उक्त संख्यासँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९४ हजार २ सय ५३ जना पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार हाल नेपालका २५ हजार ७ सय जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ११ सय २६ जना रहेको र संक्रमणमुक्त हुनेको उक्त संख्यासँगै नेपालमा ६८ हजार ६ सय ६८ जना कोरोनाबाट निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म कोरोनाको कारणले ५ सय ७८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
नयाँ