arrow

मार्टमै म्याद सकिएका खाद्य वस्तु, महानगरकाे अनुगमन समितिले भेट्याे करिब १० लाख रुपैयाँ बराबरका वस्तु

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २१ बुधबार
mnge_anugman.foto_.jpg

काठमाडौं । काठमाडौं कालोपुलमा सञ्चालन भएको मेडलिज टे«डर्समा करीब १० लाख रुपैयाँ बराबरका म्याद सकिएका खाद्यबस्तु भेटिएका छन् । महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमनका क्रममा बुधबार उक्त सामाग्री भेटिएका हुन् । ट्रेडर्सकी सञ्चालिका भगवती सिग्देलले ‘लकडाउनका कारण बन्द हुँदा सामान हेर्न नभ्याएनको बताइन् । साथै उनले कारणबस म्याद सकिएका वस्तु भेटिएपनि सुधार गर्ने अठोट अनुगमन टाचेलीसामु गरिन् ।

पसलमा बट्टामा प्याकिङ् गरिएका खानेकुरा, चामल, बिस्कुट, चकलेट, चिउरा, अचारलगायतका सामान म्याद नाघेका पाइएका महानगरको अनुगमन समितिले जानकारी दिएको छ ।
अनुगमन टोलीले सञ्चालकलाई ३ दिनभित्र महानगरपालिकाको कृषि बिभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

मार्टमा भएका अधिकांश सामान उपभोग गर्ने अवस्थामा नदेखिएको समितिले जानकारी दिएको छ । महानगरपालिका कृषि बिभागका प्रमुख एवं अनुगमन टोलीका संयोजक हरिबहादुर भण्डारीले  पछिल्लो समय म्याद नाघेका सामान पाइने समस्या अधिकांश मार्टमा पाइएको बताए ।

त्यस्तै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले राम्रा भनिएका मार्टहरुमा ठगी रहेको बताउँदै गुणस्तरीय सामानका लागि मार्टमा जाने उपभोक्ता गुणस्तरमा अत्यधिक ठगिएका बताए ।



लोकप्रिय समाचार
नयाँ