सप्तरी । खडक नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कामकाज बुधबारदेखि बन्द गरिएको छ ।
नगर प्रमुख हेमायु हकले बुधबार विज्ञप्ति जारी गरी कार्यालय तथा मातहत शाखा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण कार्य एक सप्ताहका लागि पूर्ण रुपमा बन्द गरिएको जानकारी दिएका छन्।
यसअघि आइतबार राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजकमा कोराना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले सूचना जारी गरी कार्यालयका कामकाज बन्द गरेको थियो ।