काठमाडौं । गत वर्ष चैतदेखि कोरोना भाइरसको संक्रमणबाट बच्न पशुपतिनाथ मन्दिरमा भक्तजन प्रवेश निषेध गरिएको थियो ।
तर ६ महिना बित्दासम्म पशुपतिनाथ मन्दिर नखुलेपछि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर खोल्नुपर्ने माग गर्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा करीब एक दर्जन संस्थाले दैनिक बेलुकी दीप प्रज्वलनसहित विरोध प्रदर्शन गरिरहेका छन् ।
सार्वजनिक यातायात, ठूला बजारलगायत खुल्दा पनि पशुपति नखोलिएको जनाउँदै धार्मिक संस्था एक साताअघिदेखि नै शान्तिपूर्ण रुपमा दीप प्रज्वलनसहित आन्दोलनमा उत्रेको गौरी मासिकका सम्पादक अर्जुन लामिछानेले बताए ।
सरकारले अनुमति दिनेबित्तिकै मन्दिर खोल्न सकिने गरी सबै तयारी पूरा भएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।