नवलपरासी । नवलपरासी पश्चिम सशस्त्र प्रहरीले बुधबार जिल्लाको विभिन्न नाकाबाट भन्सार छलि गरी ल्याएको अवैध सरसमान नियन्त्रणमा लिई भन्सारमा बुझाएको छ । सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले सिमानाकाबाट मटर, हार्डवेयर पार्टपुर्जा र लत्ताकपडा लगायतका सर समान नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी २६ नं गणका एसपी महेश अधिकारिले जानकारी दिए ।
उक्त सरसमान करिब डेढ लाखको रहेको सशस्त्र प्रहरी २६ नं गणले जनाएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नेपाल–भारत सीमा बन्द गरिएको छ ।
सीमामा दिनरात सशस्त्र प्रहरी खटिएको भए पनि तस्करहरूले सुरक्षाकर्मीको आँखा छलेर तस्करी गरिरहेका छन् ।