नेपालगञ्ज । बाँकेमा सुर्खेतकी कोरोना भाइरसले संक्रमित महिलाको मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
सुर्खेतको विरेन्द्रनगर नगरपालिका ७ की ८२ वर्षीया महिलाको मृत्यु भएको हो ।
बुधबार साँझ नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन् ।