काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित काममा फर्केका छन् । कोरोना संक्रमणको केही दिनमै उनी काममा फर्केका हुन् । आफूलाई संक्रमण भएको एक साताभन्दा कम समयमै ट्रम्प काममा फर्केका हुन् ।
७४ वर्षे ट्रम्प पुरानै अवस्थामा फर्कन कठिन हुने चिकित्सकहरुको अनुमान विपरीत उनी ह्वाइट हाउसको ओभल अफिसमा फर्किएका हुन् । उनले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य मापदण्ड र आइशोलेशनका नियमसमेत तोडेका छन् ।
उनका चिकित्सक सिन कोन्लेका अनुसार ट्रम्पलाई पछिल्लो २४ घण्टामा कोरोनाको कुनै लक्षण देखिएको छैन भने चार दिनदेखि ज्वरो पनि आएको छैन ।
ट्रम्पले आफू स्वस्थ्य हुनुमा भगवानको कृपा रहेको पनि बताए । उनले आफूले जस्तै स्वास्थ्य सेवा र उपचार सबै कोरोना संक्रमित अमेरिकीहरुको पुहँचमा हुनुपर्ने बताएका छन् ।
आफू निको भएर फर्केपछि ट्रम्पले कोरोना उपचारको लागि अमेरिकामा उत्पादित औषधि आफ्ना नागरिकलाई निःशुल्क उपलब्ध गराउने बताएका छन् ।
यो भनाइलाई नोभेम्बर ३ तारिखमा हुने राष्ट्रपतिय निर्वाचनको एक एजेन्डासमेत बनाएको हुनसक्ने भनी आलोचना भएको छ ।