कोरोनाका कारण नेपालको हालत ईटलीको जस्तै हुनसक्ने चिन्ता
सरकार नै असफल भएपछि प्रधानमन्त्रीलाई सांसद दिव्यमणीको सुझाव
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २२ बिहिबार
79
Shares
काठमाडौं। कोरोनाका कारण नेपालको हालत ईटलीको जस्तै हुनसक्ने चिन्ता व्यक्त हुन थालेको छ । आम नागरिकको स्वास्थ्य सुरक्षामा कुनै उल्लेखनीय काम गर्न नसकेको सरकार कर्मचारीमार्फत प्रत्येक दिन संक्रमितको नयाँ तथ्य दिन मात्र उपस्थित भइरहेको छ । सर्वोच्च अदालतले पीसीआर परिक्षण निशुल्क गराउन आदेश दिएपनि अहिलेसम्म सरकारले कार्यान्वयन गरेको छैन बरु निजी क्षेत्रलाई यहि बेला कमाउने मौका मात्र प्रदान गरेको छ ।
देशमा संक्रमितको संख्या र प्रतिशत एक्कासी बढेको छ। विश्व स्वास्थ्य गठनको तथ्याङक अनुसार पनि पीसीआर टेस्ट गर्नेहरुमध्ये लगभग १० प्रतिशत संक्रमिम पाइएकोमा नेपालको बुधवारको तथ्यले सबैको होस उडाएको छ । बुधवार सरकारले जारी गरेको तथ्याङक अनुसार पनि पीसीआर टेस्ट गराएका मध्ये २४ प्रतिशत भन्दा बढीलाई संक्रमण देखिएको हो ।
अहिले नै संक्रमण भएर गम्भिर भएका विरामी आइसीयू र भेन्टीलेटर नपाएर जीवन गुमाउन वाध्य छन् । यहि अवस्थामा संक्रमित बढेमा केहि दिनपछि देशका अस्पतालहरुमा विरामीले भर्ना नपाउने अवस्था सिर्जना हुनसक्ने आँकलन हुन थालेको छ । संक्रमितहरुको मृत्यु पनि बढ्दै गएको छ। यहि अवस्था भए कोरोना भ्याक्सिन आउनुअघी नै नेपालमा स्थिति भयावह हुने अनुमान हुन थालेको हो ।
कोरोना महामारी शुरु भएको चीनमा भन्दा बढी संक्रमित भइसकेको नेपालमा अझै पनि सरकार भने बेतुका गफ हाँकेर बसिरहेको छ । अझै पनि सरकार सरोकारवालाहरुलाई विश्वासमा लिएर काम गर्न सकिरहेको छैन । श्वासप्रश्वासमा समस्या पार्ने कोरोना संक्रमणले जाडो बढ्दै जाँदा अझ धेरै प्रभाव छोड्ने चिकित्सकहरुले बताउन थालेका छन् । जाडोको समय उसैत दमका रोगी बुढाबुढीहरुको लागि अप्ठ्यारो समय हो त्यसमाथि कोरोनाको संक्रमण बढ्दै गए स्थिति भयावह हुने जानकार चिकित्सकहरु बताउँछन् । यस्तै अवस्था रहे नेपालको हालत इटलीको भन्दा खराब हुन सक्ने देखिन्छ । तर त्यसको लागि सरकारको कुनै पूर्व तयारी भने देखिदैन ।
स्वास्थ्य सामग्री खरिदमा केहिलाई ठेक्का दिएर लाभान्वित बनाउनु भन्दा भानुभक्त ढकाल नेतृत्वको स्वास्थ्य मन्त्रालय कोरोना महामारी नियन्त्रण र रोकथाममा पूर्णत असफल देखिइसकेको छ । सरकार पनि जनतालाई स्वास्थ्य सेवा दिन पूर्ण असफल देखिएको छ । प्रधानमन्त्री केपी ओली पनि अर्ती दिदै र ज्ञान बाँड्दै बसिरहँदा नागरिक अस्पतालमा आइसीयू, भेन्टिलेटर नपाएर मर्न लागेका छन् । राजनीतिक भेटघाट र अन्तर्क्रियामा बढ्ता चासो राख्ने प्रधानमन्त्री कोरोना महामारी नियन्त्रणका लागि घनिभूत छलफलमा जुट्नु भन्दा आफै गुप्तवासमा बसेका छन् । उनको प्राथमिकता मन्त्रिमण्डल पुनर्गठन र नेकपाको विवाद मिलाउनु नै देखिन्छ ।
यि सबै परिस्थितिमा प्रधानमन्त्री बालुवाटारको खोपी बाहिर निस्केर सरोकारवालाहरु, कोरोना महामारीकै बीचमा काम गरिरहेका जनप्रतिनिधीहरु सहितको राष्ट्रिय स्वास्थ्य सुरक्षा वैठक बोलाएर तत्काल ठोस निर्णय गर्नुपर्ने सांसद दिव्यमणी राजभण्डारी बताउँछन् । प्रधानमन्त्रीलाई सुझाव दिदै उनले जनप्रतिनिधीहरु सहित सरोकारवालाहरुलाई राखेर तत्काल ठोस निर्णय लिन ढीलाई गरे परिस्थिति काबु बाहिर जान सक्ने बताए । उनले आफ्नो कुरा सुनाएर पठाउनु भन्दा विज्ञ तथा यस क्षेत्रमा काम गरिरहेका जनप्रतिनिधीहरुको कुरा सुनेर तत्काल कार्ययोजना ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरे । पीसीआरको दायरा अझ बढाउनु पर्ने, अस्पतालहरुमा आइसीयू र भेन्टीलेटर बढाउनुपर्ने, आइसोलेसन स्थानहरु बढाउनुपर्ने राजभण्डारीले बताए । अस्पतालहरु बाहेक आवासी विद्यालयहरु होस्टलहरु पनि आइसोलेसनका लागि सरकारले तत्काल लिन उनले सुझाव दिए ।
खासगरि उपचारमा भेन्टीलेटरको अभाव र स्वास्थ्यकर्मीहरु समेत संक्रमित हुने क्रम बढ्दै जाँदा देशभित्रका स्वास्थ्यकर्मीले मात्र उपचार सम्भव नहुने परिस्थितिमा सरकारले मित्रराष्ट्रहरुबाट थप भेन्टिलेटर र स्वास्थ्यकर्मी पठाउन आग्रह गर्न ढीलाई गर्न नहुने राजभण्डारीले बताए । सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने लगायत कोरोनाबाट बच्ने प्राथमिक कार्यहरु सबैले हेलचेक्याई नगरि गर्नुपर्ने, अति आवश्यक नभइकन वाहिर ननिस्कन पनि उनले आग्रह गरे । तर जो अगुवा हो उसैले बाटो विराएकोमा राजभण्डारीले चिन्ता व्यक्त गरे । खासगरि पर्यटनमन्त्री योगेश भट्टराई हुलका हुल वाँधेर किन सार्वजनिक कार्यक्रम गर्दै कोरोनाकालको प्रोटोकल मिच्दै हिँडेका छन् सांसद राजभण्डारीले प्रश्न गरे ।