काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा २ सय रुपैयाँ प्रतितोलाका दरले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्यमा २ रुपैयाँले गिरावट आउँदै छापावाल सुनको मूल्य प्रतितोला ९३ सय ९ सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै बुधरबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँका दरले कारोबार भएको तेजावी सुनको मूल्य बिहीबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम गरिएको महासंघले जानकारी दिएको छ ।
त्यस्तै बिहीबार चाँदीको मूल्यमा सामान्य वृद्धि भएको महासंघले जानकारी दिएको छ । महासंका अनुसार बुधबार प्रतितोला ११ सय ७५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबार ११ सय ८० रुपैयाँ कायम भएको छ ।