arrow

पछिल्लो २४ घण्टामा ३४ सय बढीमा कोरोना संक्रमण, एक लाख नजिक पुग्यो नेपालमा कोरोना संक्रमित सँख्या

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २२ बिहिबार
corona-nepal-ministry.JPG

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३४ सय ३९ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसँख्या मन्त्रालयले बिहीबार गराएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा संक्रमितको उक्त सँख्या फेला परेको हो । संक्रमितको उक्त सँख्यासँगै नेपालमा कोरोना संक्रमितको कुल सँख्या ९८ हजार भन्दा बढी पुगेको स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुल संक्रमितमध्ये २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित रहेका र ७१ हजार ३ सय ४३ जना कोरोनाबाट निको भएर डिस्चार्ज भइसकेका स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको सँख्या २६ सय ७५ जना रहेको छ ।

मन्त्रालयका प्रवक्त गौतमले पछिल्लो २४ घण्टामा नेपालमा कुल पीसीआर परिक्षण १८ हजार ४ सय ७३ नमुना गरिएको जानकारी दिए । उक्त सँख्यामा स्वाब परिक्षण गर्दा काठमाडौं उपत्यकामा मात्रै २५ सय ४० जनामा कोरोना पोजिटिभ पुष्टि भएको गौतमले बताए ।
 



लोकप्रिय समाचार
नयाँ