arrow

बेइजिङले झिनजियांगमा सांस्कृतिक नरसंहार गरेको आरोप, ३९ देशले गरे यातना केन्द्र बन्दको माग

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज २२ बिहिबार
uyghur-muslim-china.jpg

काठमाडौं । बेइजिङले हजारौं उइगुर मुस्लिम समुदायका मानिसहरुलाई यातना शिविरमा राखेर सांस्कृतिक नरसंहार गरिरहेको आरोप एकपछि अर्को अन्तराष्ट्रिय संघ संस्थाहरुले लगाउँदै आएका छन् । आतंकवाद र धार्मीक चरमपन्थको उन्मुलनका लागि यस्तो गरिएको चीनले बताएको छ । यद्यपी चीनमा रहेका उइगुर समुदायका मुस्लिमहरुको जबरजस्ती धर्म र संस्कृति परिवर्तन गराएर उनीहरुको अतित्व मेटाउने काम चीनले गरिरहेको आरोप स्वयं उइगुर सुमदाय र पश्चिमा देश तथा मानवअधिकारवादी संस्थाहरुले लगाएका छन् ।

चीनले यसरी अल्पसंख्यक उइगुर मुस्लिम समुदायलाई जबरजस्ती धर्म परिवर्तन गर्न लगाउने, कुरान फेर्न लगाउने र त्यसो नगरेमा उनीहरुलाई अपहरण गरेर  यातना दिँदै आएको छ । देशबाहिर बसोबास गर्ने उइगुर समुदायका मुस्लिमहरुले समेत चीनले उनीहरुको मातृभुमी र परिवारहरुमाथि गरिरहेको उत्पिडनको विषयमा आवाज उठाउँदै आएका छन् । उइगुरहरुको धर्म, सस्कृति, परिचय र परम्पराको संरक्षणका लागि उनीहरुले आवाज उठाउँदै आएका छन् ।

उइगुर मानव अधिकार परियोजनाका निर्देशक ओमर कानातले अहिले चीनमा रहेको उइगुर समुदायले ठूलो मानसिक यातना झेलिरहेको बताएका छन् । चीनले उइगुर समुदायलाई नै समाप्त पार्ने किसिमले उनीहरुलाई अपहरण गरेर यातना शिविरमा ल्याएर धर्म, संस्कृति परिवर्तन गराउँदै आएका घटनाहरुलाई रोक्न उइगुर मानव अधिकार जस्ता संगठनहरु समेत गठन भएका छन् । तर, पनि चीनले यातना शिविरमा पत्रकार, मानवअधिकार संगठन कसैलाई प्रवेश गर्न दिने गरेको छैन् । उनीहरुमाथि कुन हदसम्मको अत्याचार भइरहेको हुनसक्छ भन्ने अनुमान यहाँबाटै गर्न सकिने अधिकारवादीहरु बताउँछन् ।

अमेरिकी तल्लो सभाका सांसदहरुले बुधबार एक कानुन पारित गर्दै अब, उइगुर क्षेत्रमा वाणिज्य तथा व्यापारिक सम्बन्ध रहेका अमेरिकी कम्पनीहरुले सुचनाहरु सार्वजनिक गर्नुपर्नेछ । यसबाट मानवअधिकार संगठनहरुले त्यहाँ प्रवेश गरेर उइगुरहरुमाथि भइरहेको अत्याचारबारे थाहा पाउन सक्छन् र संरक्षणका लागि आवाज उठाउन सक्नेछन् ।

यसबाहेक, झिनजियांगमा जबरजस्ती मजदुरको प्रयोग हुँदै आएको कुराप्रति बढ्दो चिन्ता सार्वजनिक भएका बेला पारित गरिएको काननुले अब त्यहाँ श्रमिकमाथि हुने गरेको शोषणलाई पनि राक्न सक्नेछ । यो कानुनलाई संसोधन गर्न खोजे पनि सदनबाट २५३ पक्षमा र १६३ विपक्षीभोट सहित पारित भएको छ ।

चीनले झिनजियांग क्षेत्रमा उइगुर मुस्लिमहरुमाथि जबरजस्ती श्रम शोषणका घटना बाहिरिएसँगै अमेरिकाले त्यहाँबाट आयातमा प्रतिबन्ध समते लगाउने भएको छ । बेइजिङले पछिल्ला वर्षहरुमा झिनजियांगबाट १० लाखभन्दा बढी उइगुर एवं अल्पसंख्यक समुदायका मानिसहरुलाई पक्राउ गरेको रिपोर्टहरुले देखाएको छ । त्यहाँ सो समुदायका १ करोड मुस्लिम रहेको अनुमान गरिएको छ । हजारौं बालबालिकाहरु आफ्नो परिवारबाट अलग्याइएका र जबरजस्ती अपहरण गरिएका छन् ।

चीनले भने ती मानिसहरुलाई विभिन्न किसिमका तालिमहरु र रोजगारी दिइने बताउँदै आएको छ । यद्यपी सोही समुदायका अन्य पीडितहरुले आफ्नो परिवारका सदस्यहरु गुमाएका घटनाहरु बताउँदै आएका छन् ।

यसैबीच संयुक्त राष्ट्रसंघको महासभमा ३९ देशले उइगुर समुदायलाई नजरबन्द गरिएका यातना केन्द्रहरु बन्द गर्न माग गरेका छन् । ति देशहरुले उइगुर मुस्लिम समुदायमाथिको ज्यादती बन्द गर्न जवर्जस्ती काममा नलगाउन प्रजनन दर नियन्त्रण नगर्न चीनलाई भनेका हुन् ।   

हालै मात्रै सो क्षेत्रमा मुलान चलचित्र छायांकन भएको थियो । अरुलाई जान नदिने ठाउँमा चलचित्र छायांकन गर्न दिइएको र अब चलचित्र निर्माताहरुले त्यहाँ के भइरहेको छ भन्ने कुरा सार्वजनिक गर्नुपर्ने भन्दै विश्वभर मुलान चलचित्रको आलोचना भएको छ । 



लोकप्रिय समाचार
नयाँ