arrow

त्रिचालीस सय ६४ जनामा देखियो कोरोना, लाइभ अपडेटमा स्वास्थ मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमको झुट

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २२ बिहिबार
corona-nepal-ministry.JPG

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३ सय ६४ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ। स्वास्थ तथा जनसँख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको उक्त सँख्या फेला परेको हो। यसअघि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको दैनिक अद्यावधिक विवरण जानकारी गराउन आयोजित दैनिक प्रेस बिफ्रिङमा झुटो जानकारी गराएका थिए। उनले बिहीबार दिउँसो अद्यावधि विवरण जानकारी गराउँदा पछिल्लो २४ घण्टामा ३४ सय ३९ जनामा कोरोना पुष्टि भएको बताएका थिए।

पछिल्लो २४ घण्टामा पुष्टि भएको संक्रमितको सँख्यासँगै नेपालमा कोरोना संक्रमितको कुल सँख्या ९८ हजार ६ सय १७ जना पुगेको छ। हाल नेपालमा २६ हजार ६ सय ८४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार ७१ हजार ३ सय ४३ जना कोरोनाबाट निको भएर डिस्चार्ज भइसकेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको सँख्या २६ सय ७५ जना रहेको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कुल पीसीआर परिक्षण १८ हजार ४ सय ७३ नमुना गरिएको हो । उक्त सँख्यामा स्वाब परिक्षण गर्दा काठमाडौं उपत्यकामा मात्रै २५ सय ४० जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।

पछिल्लाे २४ घण्टामा काेराेनाका कारण १२ जनाकाे मृत्यु भएकाे र मृतककाे उक्त सँख्यासँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे कुल सँख्या ५ सय ९० पुगेकाे छ ।



लोकप्रिय समाचार
नयाँ