arrow

बिहिबार ज्ञवाली किन पुगे चीनको सिमा रसुवागढी ?

logo
प्रकाशित २०७७ असोज २२ बिहिबार
rasuwagadinaka.jpeg

रसुवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  कोभिड - १९ का कारण चिनियाँ भूभागमा रोकिएका व्यापारिक सामग्री नेपाल ल्याउन कूटनीतिक पहल भइरहेको बताएका छन्। 

मन्त्री  ज्ञवालीले रसुवागढी क्षेत्रको अवलोकन गर्ने क्रममा बिहिबार स्थानीय जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई टिमुरेमा सम्बोधन गर्दै सीमा क्षेत्रमा आइपर्ने   तत्कालीन  र दीर्घकालीन समस्या समाधानका लागि आफूले स्थलगत रूपमा  सीमा क्षेत्रको भ्रमण गरेको बताए । 
 ।
        
उनले रसुवागढी नाका व्यवस्थापनअन्तर्गत टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहको समेत स्थलगत अवलोकन गरी कार्यप्रगतिका बारेमा जानकारी लिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने  छिटोछरितो कार्य सम्पादन गरी  राष्ट्रसेवकको भूमिका निर्वाह गर्न  आफ्ना मातहतका कर्मचारीलाई  आग्रह गरे ।

  परराष्ट्रमन्त्रीका साथ  तत्कालीन संविधानसभासदस्यद्वय जनार्दन ढकाल र छोवाङतेन्जिङ  तामाङ,  प्रमुख जिल्ला अधिकारी अधिकारी हरिप्रसाद पन्त, सुरक्षा अधिकारीलगायतको पनि सहभागिता  थियो ।



लोकप्रिय समाचार
नयाँ